काठमाडौं, २९ जेठ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक गरिएको छ । बैठकले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।
यस्तै सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग)को प्रतिवेदन २०५२ कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने बैठकको निर्णय छ ।
साथै लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेशकुमार धिताललाई मनोनयन गर्ने निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।