casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

अमेरिका र इरानबीच लगातार दोस्रो दिन पनि आक्रमण, हर्मुज जलमार्ग पूर्णरुपमा बन्द

अनलाइनसमय |
२८ जेठ २०८३
अमेरिका र इरानबीच लगातार दोस्रो दिन पनि आक्रमण, हर्मुज जलमार्ग पूर्णरुपमा बन्द

काठमाडौं, २८ जेठ । अमेरिका र इरानबीच मध्यपूर्वमा लगातार दोस्रो दिन पनि भीषण सैन्य हमलाहरू भएका छन् । यसले गत अप्रिल महिनामा दुई देशबीच भएको अस्थायी युद्धविरामलाई पूर्ण रूपमा संकटमा पारेको छ ।

अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम)ले दक्षिणी इरानका सैन्य, निगरानी र राडार केन्द्रहरूलाई लक्षित गरी ‘आत्मरक्षाका लागि’ हवाई आक्रमणको नयाँ शृङ्खला पूरा गरेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कडा प्रहार गर्ने चेतावनी दिएको र तेहरानले स्थायी रूपमा युद्ध अन्त्य गर्नका लागि सम्झौता गर्न “धेरै समय लगाएको“ आरोप लगाएको केही घण्टाभित्रै यो अमेरिकी हमला भएको हो ।

अमेरिकी आक्रमणको जवाफमा इरानले मध्यपूर्व क्षेत्रका विभिन्न देशहरूमा रहेका अमेरिकी सैन्य केन्द्रहरूलाई निशाना बनाएर प्रतिरोधात्मक आक्रमण सुरु गरेको छ । बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य बेसहरूमा लगातार दोस्रो दिन पनि इरानले आक्रमण गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले जोर्डनमा रहेको अमेरिकी कमान्ड सेन्टर (मुवाफाक साल्ती एयरबेस) मा १२ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । उक्त आक्रमणबाट ठूलो संख्यामा अमेरिकी लडाकु विमान र सैन्य संचरनाहरू ध्वस्त भएको आईआरजीसीको भनाइ छ, यद्यपि यस दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

यसैबीच, बहराइनको गृह मन्त्रालयले रातभर हवाई आक्रमणको साइरन बजाइएको जनाएको छ भने कुवेतको सेनाले आफ्ना एन्टि–एयर डिफेन्स प्रणालीले ‘शत्रुतापूर्ण हवाई लक्ष्यहरू’ आकाशमै विफल पारेको जानकारी दिएको छ । नागरिक उड्डयनको सुरक्षालाई ध्यानमा राख्दै कुवेतले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ ।

हर्मुज जनमार्ग बन्द भउसँगै बढ्यो तेलको मूल्य
तनाव बढ्दै जाँदा आईआरजीसीले विश्वकै प्रमुख व्यापारिक जलमार्ग ‘हर्मुज जलमार्ग’ भएर जाने दुईवटा तेल ट्याङ्करहरूमा पनि आक्रमण गरेको दाबी गरेको छ । इरानले आज स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा गरेको छ । अमेरिकी हमलाको जवाफमा यो कदम चालिएको इरानी अधिकारीहरूले बताएका छन् । तेहरानले कुनै पनि जहाजले यो जलमार्ग पार गर्न खोजेमा लक्षित गरिने चेतावनी दिएको छ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आइआरजीसी) र संयुक्त सैन्य कमान्डले जारी गर्दै यस्तो चेतावनी दिइएको हो । वक्तव्यमा अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेकाले र हालैका हमलाका कारण स्ट्रेट अफ हर्मुजलाई पूर्ण नियन्त्रणमा लिइएको जनाइएको छ ।

तर, अमेरिकी सेन्टकमले भने इरानको दाबीलाई खण्डन गर्दै व्यावसायिक जहाजहरू नियमित रूपमा आवतजावत गरिरहेको बताएको छ । जलमार्ग बन्द भएको हल्ला र तेल ट्याङ्करमाथि आक्रमणको खबर बाहिरिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बेन्चमार्क मानिने ‘ब्रेन्ट क्रुड’ को मूल्य करिब २ प्रतिशतले बढेर प्रति ब्यारेल ९५ डलर आसपास पुगेको छ ।

सम्झौता नगरे थप बम बर्सिनेछ ः अमेरिका
अमेरिका आक्रमण अघि ट्रम्पले ट्रुथ सोसलमा लेख्दै चेतावनी दिएका थिए, “हामीले हिजो पनि उनीहरूमाथि कडा प्रहार गर्यौँ र आज पनि कडा प्रहार गर्नेछौँ । इरानी नेताहरूले वार्ताका लागि धेरै समय खेर फालिरहेका छन् ।’

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पनि इरानलाई सम्झौताको अवसर दिइएको तर उसले त्यसलाई सदुपयोग नगरेको बताउँदै अब इरानका मुख्य सैन्य संरचनाहरूमा ‘बम बर्सिने’ चेतावनी दिएका छन् । शान्ति सम्झौता नभए थप आक्रमण हुने ट्रम्पको भनाइ छ ।

अर्कोतर्फ, इरानी राष्ट्रपति मसउद पेजेस्कियानले इरान ‘कुनै पनि दबाब वा धम्कीका विरुद्ध दृढतापूर्वक उभिने’ बताएका छन् । इरानी परराष्ट्र मन्त्रालयले अमेरिकाले विरोधाभासपूर्ण सन्देशहरू पठाएर कूटनीतिक प्रक्रियालाई नै बिगारेको आरोप लगाएको छ ।

संयुक्त राष्ट्र संघगत अप्रिल महिनामा अमेरिका र इरानबीच सुरुमा दुई हप्ताका लागि युद्धविरामको सहमति भएको थियो । त्यसयता दुवै पक्षबीच फाट्टफुट्ट आक्रमणहरू भए पनि पूर्ण रूपमा युद्ध भड्किएको थिएन । तर, यो हप्ता इरानको संलग्नताको आरोप लागेको एक आक्रमणमा अमेरिकी हेलिकप्टर खसालिएपछि तनाव चरम सीमामा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun