काठमाडौं, २७ जेठ । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च ह्रास आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १० हजार १ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला २ हजारले बढेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी तोलामा १८५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।