नेप्सेमा १.५४ अङ्कको ह्रास, कारोबार रकम भने बढ्यो

अनलाइनसमय |
२६ जेठ २०८३
नेप्सेमा १.५४ अङ्कको ह्रास, कारोबार रकम भने बढ्यो

काठमाडौं, २६ जेठ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ दशमलव ५४ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ७३३ दशमलव ५९ को विन्दुमा बन्द भएको छ । गत अघिल्लो कारोबार दिन सोमबार परिसूचक २० दशमलव २७ अङ्कले घटेर २,७३५ को विन्दुमा कायम भएको थियो ।

आज कारोबार रक मभने बढेको छ । सोबार ४ अर्ब ८ करोडको कारोबार भएकोमा आज ८ ६ अर्ब ४४ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड २३ लाख ८२ हजार १७ कित्ता शेयर ६३ हजार ७३२ पटक किनबेच भएको छ ।

मंगलबार ३५७ धितोपत्र कारोबारमा आए, जसमध्ये १५१ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै १०५ धितोपत्रको मूल्य बढेको छ भने १५ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ९ वटा समूहको उपसूचक घट्दा ४ समूहको उपसूचक बढेको छ । फाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै १.१ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बीमाको ०.४६, व्यापार समूहको ०.३८, जीवन बीमाको ०.३७, माइक्रोफाइनान्सको ०.२० र म्युचुअल फण्डको ०.१५ प्रतिशतले घटेको छ ।

त्यस्तै, अन्य समूहको उपसुचक ०.२९, उत्पादनमुलक समूहको ०.२६, होटेल एण्ड टुरिजमको ०.१२ र हाइड्रोपावर समूहको उपसूचक ०.१ प्रतिशतले बढेको छ ।

मंगलबार सोपान फार्मास्यूटिकल्स र कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सप्तकोशी डिभलपमेन्ट बैंकको १०.९८, उपकार लघुवित्तको ८.७० र अपर हेवाखोलाको ६.७० प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज क्रेष्ट माइक्रोलाइफको इन्स्योरेन्सको शयर मूल्य सबैभन्दा धेरै ९.१६ प्रतिशतले घटेको छ । त्यस्तै, सामुदायिक लघुवित्तको ७.३७, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.३९, मल्टिपर्पस फाइनान्सको ३.०५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस