तोलाको ३ लाखबाट तल झर्‍यो सुनको मूल्य

अनलाइनसमय |
२५ जेठ २०८३
तोलाको ३ लाखबाट तल झर्‍यो सुनको मूल्य

काठमाडौं, २५ जेठ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला ३ लाख ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी भने बढेको छ । आइतबार प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस