एकैदिन तोलामा ८२ सयले घट्यो सुन

अनलाइनसमय |
२४ जेठ २०८३
एकैदिन तोलामा ८२ सयले घट्यो सुन

काठमाडौं, २४ जेठ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ८ हजार २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलामा ३३५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ५ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस