casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

आजदेखि तराईमा तातो लहर चल्ने, सतर्कता अपनाउन आग्रह

अनलाइनसमय |
२२ जेठ २०८३
आजदेखि तराईमा तातो लहर चल्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं, २२ जेठ । जल तथा मौसम विभागले आजदेखि दिन मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मध्यम तातो हावाको लहर चल्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

यस अवधिमा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिका तराई भू–भागका केही स्थानमा पनि तातो हावा चल्ने विभागको पूर्वानुमान छ ।

विभागले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियाका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

आगामी ३ दिन पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी रहने सम्भावना रहेको विभागले जनाएको छ ।

मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा ३ दिनसम्म मध्यम तातो लहर हुने सम्भावना रहेकोले सतर्क रहन विभागले अनुरोध गरेको छ । साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ ।

यस अवधिमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने भएकोले सो बाट बच्न विभागले अनुरोध गरेको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र बस्न, बाहिर ननिस्कन, चर्को घाममा बाहिर ननिस्किन, हल्का लुगा (सुतीको कपडा) लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी सँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन आग्रह गरिएको छ ।

कस्तो रहला आजको मौसम ?
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा (तचयगनज) तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश तथा बाँकी हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा, मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा मध्यम तातो लहर हुनुका साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ ।

त्यस्तै, आज राती कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी सबै प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun