भोलि भारत जाँदै परराष्ट्रमन्त्री खनाल, के–के छन् भ्रमणका एजेन्डा ?

अनलाइनसमय |
२१ जेठ २०८३
भोलि भारत जाँदै परराष्ट्रमन्त्री खनाल, के–के छन् भ्रमणका एजेन्डा ?

काठमाडौं, २१ जेृठ । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार (भोलि) देखि तीन दिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री खनालको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको हो ।

भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको सौहार्दपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल जेठ २२ देखि २४ गतेसम्म भारत भ्रमणमा जान लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।  भेटमा व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत पारस्परिक हितका विषयमा छलफल गर्दै विभिन्न क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा विचार–विमर्श गर्ने कार्यसूची छ ।

मन्त्रालयले नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको क्रमअन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

परराष्ट्रमन्त्री खनाल जुन ७ मा काठमाडौं फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस