१३.४६ अंकले घट्यो नेप्से, ४ अर्ब ७० करोडको कारोबार

अनलाइनसमय |
२१ जेठ २०८३
१३.४६ अंकले घट्यो नेप्से, ४ अर्ब ७० करोडको कारोबार

काठमाडौं, २१ जेठ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव ४६ अंकले घटेर दुई हजार ७६६ दशमलव ७८ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ६ लाख १७ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७० करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ५ अर्ब ७३ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ६३ धितोपत्रको शेयर मूल्य बढ्दा १९८ को घटेको छ । यस्तै ८ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५३ धितोपत्र कारोबारमा आएका छन् ।

बिहीबार म्युचुअल फण्ड (शून्य दशमलव ३२ प्रतिशत)बाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ । यसदिन व्यापार समूह सर्वाधिक १ दशमलव ७१ प्रतिशतले घटेको छ ।

यसदिन निर्जीवन बीमा १ दशमलव २१, होटेल तथा पर्यटन १ दशमलव ०७, अन्य शून्य दशमलव ७५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५३, हाइड्रोपावर शून्य दशमलव ५१, जीवन बीमा र लगानीको समान शून्य दशमलव ४६, विकास बैंक शून्य दशमलव ४५, फाइनान्स शून्य दशमलव २२, माइक्रोफाइनान्स शून्य दशमलव १८ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव ०३ प्रतिशतले घटेको छ ।

आज कालिञ्चोक हाइड्रोपावरकोे शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै न्यादी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव १६ प्रतिशतले बढेको छ ।

यसदिन विजय लघुवित्त ४ दशमलव ६९, भगवती हाइड्रोपावर डेभलवमेन्ट ४ दशमलव २७ र अँखु खोला जल विद्युत्को शेयर मूल्य ४ दशमलव ०७ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस