काठमाडौं, २१ जेठ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुिन तोलामा २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी पनि घटेको छ । बुधबार प्रतितोला ५ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।