काठमाडौं, २१ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा (तचयगनज) तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिले कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेशलगायत देशको बाँकि हिमाली र पहाडी भुभागमा आंशिक बादल र तराई भू–भागमा मुख्यतया सफा रहेको छ ।
विभागका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, आज आज राति कोशी र मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।