रविसँगको भेटपछि मोदीले भने : वर्तमान सरकारसँग सहकार्य गर्न उत्सुक छौँ

अनलाइनसमय |
२० जेठ २०८३
रविसँगको भेटपछि मोदीले भने : वर्तमान सरकारसँग सहकार्य गर्न उत्सुक छौँ

काठमाडौं, २० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भेटमा दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

भेटमा मोदीले नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाइमा पुरÞ्याउन वर्तमान सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन् । बुधबार रास्वपाका सभापति रवि लामिछानेसँगको भेट लगत्तै प्रधानमन्त्री मोदीले सो कुरा बताएका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रधानमन्त्री मोदीले भनेका छन्, ‘हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबिचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुरÞ्याउन नयाँ (वर्तमान) सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।’

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि जेठ १८ गते प्रस्थान गरेको थियो ।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वपाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस