रुसको नियन्त्रणमा रहेको युक्रेनी भूभागमा बसमा ड्रोन आक्रमण, ७ जनाको मृत्यु

अनलाइनसमय |
२० जेठ २०८३
रुसको नियन्त्रणमा रहेको युक्रेनी भूभागमा बसमा ड्रोन आक्रमण, ७ जनाको मृत्यु

काठमाडौं, २० जेठ । रुसले आफ्नो नियन्त्रणमा लिएको युक्रेनी भूभागमा एउटा यात्रुवाहक बसमाथि ड्रोन प्रहार गर्दा सात जनाको मृत्यु भएको एक अधिकारीले बताएका छन् । उनका अनुसार उक्त घटनामा अरू ११ जना घाइते भएका छन्।

रुसको राजधानी मस्को र रुसी नियन्त्रणमा रहेको क्राइमियामा अवस्थित सिम्फेरोपोलबीच आउजाउ गर्ने उक्त बसमा बुधवार सबेरै एउटा ड्रोन बज्रिएको युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा रुसले नियुक्त गरेका नेता डेनिस पुशिलिनले बताए । रुसी अधिकारीहरूका अनुसार मङ्गलवार राति रुसले ३५० वटा ड्रोन खसालेको थियो ।

यसैबीच, रुसको महत्वपूर्ण सहर सेन्ट पिटर्सबर्गमा रहेको एक तेल टर्मिनलमा युक्रेनले सफल ड्रोन आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपति भ्लोदमिर जेलेन्स्कीले सामाजिक सञ्जाल ’एक्स’ (ट्विटर) मा कालो धुवाँ उडिरहेको भिडियो सार्वजनिक गर्दै उक्त आक्रमणको पुष्टि गरेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले यसलाई युक्रेनको तर्फबाट ‘लामो दुरीको प्रतिबन्ध’ को संज्ञा दिँदै रुसको थाम्बोभ क्षेत्रमा रहेका सैन्य लक्ष्यहरूमा पनि प्रहार गरिएको बताए । यो आक्रमण यस्तो समयमा भएको छ, जब सेन्ट पिटर्सबर्गमा विश्वभरका प्रतिनिधिहरू सहभागी हुने वार्षिक ‘इन्टरनेसनल इकोनोमिक फोरम’ (अन्तर्राष्ट्रिय आर्थिक मञ्च) सुरु हुँदैछ । आक्रमणका कारण त्यहाँको पुल्कोभो विमानस्थलमा उडानहरू केही समयका लागि बन्द गरिएको थियो ।
युक्रेनले यस घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस