स्थल सीमा नाकाबाट पाँच सय रुपैयाँसम्मका सामान ल्याउँदा भन्सार नलाग्ने

अनलाइनसमय |
२० जेठ २०८३
स्थल सीमा नाकाबाट पाँच सय रुपैयाँसम्मका सामान ल्याउँदा भन्सार नलाग्ने

काठमाडौं, २० जेठ । नेपाल–भारत स्थल सीमा नाकाबाट ओहोरदोहोर गर्ने यात्रुले अब पाँच सय रुपैयाँसम्मका निजी सामान भन्सार महसुल नतिरी ल्याउन र लैजान पाउने भएका छन् ।

अर्थ मन्त्रालयले राजपत्रमा नयाँ सूचना प्रकाशित गर्दै साविकमा १ सय रुपैयाँसम्म रहेको सीमा बढाएर ५ सय पुर्‍याएको हो ।

स्थलमार्गबाट सिमाना ओहोर दोहोर गर्ने व्यक्तिलाई हवाईमार्गबाट आवतजावत गर्नेसरहको सुविधा दिइएको छैन । राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘५ सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ ।’

साथै भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ट्याब्लेट वा ल्यापटपमध्ये एक थान नेपाल ल्याउँदा महसुल नलाग्ने पुरानो सुविधा यथावत राखिएको छ ।

तर यो निर्णय एकाएक आएको होइन । केही साता अघिसम्म एक सय रुपैयाँभन्दा बढीको सामान भित्र्याउन नपाउने कडा नियम लागू हुँदा सीमा नाकाहरूमा तनाव उत्पन्न भएको थियो । स्थानीय व्यवसायीदेखि आम यात्रुसम्म आक्रोशित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस