विपक्षीको बेल घेराउपछि प्रतिनिधि सभा बैठक सोमबारसम्म स्थगित

अनलाइनसमय |
१९ जेठ २०८३
विपक्षीको बेल घेराउपछि प्रतिनिधि सभा बैठक सोमबारसम्म स्थगित

काठमाडौं, १९ जेठ । प्रतिनिधि सभाको बैठक सोमबारसम्म स्थगित भएको छ । विपक्षी दलहरूले वेलमा नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

आजको बैठक विपक्षी दलहरूले बेल घेराउ गरेपछि कार्यसूचीमा प्रवेश गर्न सकेन । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम सस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले बेल घेराउ गरेका थिए ।
दुई घण्टा ढिलोगरी सुरु भएको बैठकमा विपक्षी दलहरू उठेर विरोध गरेका थिए । दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक ३ बजेमात्रै सुरु भएको थियो ।

त्यसपछि सभामुखले विपक्षी दलका केही सांसदहरूलाई आफ्नो धारणा राख्न दिए । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै आएका छन् । बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान छ ।

यसैबीच सभामुख डोलप्रसाद अर्यालले संसद्को कार्यसूची अघि बढाउन खोज्दा विपक्षीहरूले आफ्नो अडान छाडेनन् । त्यसपछि सभामुख अर्यालले बैठक २५ गतेसम्मका लागि स्थगित गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस