सामान्य बिरामीलाई आकस्मिक सेवा दिए भुक्तानी हुँदैन : स्वास्थ्य बिमा बोर्ड

अनलाइनसमय |
१९ जेठ २०८३
सामान्य बिरामीलाई आकस्मिक सेवा दिए भुक्तानी हुँदैन : स्वास्थ्य बिमा बोर्ड

काठमाडौं, १९ जेठ । स्वास्थ्य बिमा बोर्डले सामान्य बिरामीलाई आकस्मिक उपचार गराए त्यसमा भुक्तानी नगरिने जनाएको छ ।

सोमबार बोर्डले सम्पूर्ण निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पत्र लेख्दैसामान्य प्रकृतिका बिरामीलाई पनि आकस्मिक अन्तर्गत उपचार सेवा प्रदान गरी दाबी पेस गरिए त्यस्ता भुक्तानीहरू नहुने बताएको हो ।

आकस्मिक उपचार गर्न आवश्यक पर्ने प्रकृतिको देखिएको अवस्थामा भने त्यस्तो सेवाको भुक्तानी हुने बोर्डले जनाएको छ । ‘आकस्मिक उपचार आवश्यक पर्ने प्रकृतिको देखिएमा मात्र आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नुहुन साथै त्यस्ता आकस्मिक बिरामीलाई उपचारको क्रममा भर्ना वा शल्यक्रियासमेत आवश्यक पर्ने भएमा उपचार पद्धति अनुसार उपचार गरी डिस्चार्ज गर्न सकिने ब्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै, बोर्डले आम सेवाग्राहीहरूलाई समेत सूचनाको पूर्ण पालना गर्न आग्रह गरेको छ । सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीहरूमाथि अनावश्यक दबाब सिर्जना नगर्न र तोकिए बमोजिमको आवश्यक उपचार सेवा मात्र प्राप्त गरी सहयोग गरिदिनुहुन बोर्डले उपभोक्ता तथा बिरामीहरूसँग अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस