काठमाडौं, १९ जेठ । पाँचदिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा भब्य स्वागत गरिएको छ ।
मंगलबार मुख्यालय प्रवेशका क्रममा रातो कार्पेटमा उनलाई पुष्प वृष्टीका साथै सांस्कृतिक झाँकीमार्फत उनलाई स्वागत गरिएको हो ।
भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणमा लामिछाने नेतृत्वको रास्वपा प्रतिनिधिमण्डल सोमबार भारत प्रस्थान गरेका थिए ।