२६.७२ अङ्कले घट्यो नेप्से, ५ अर्ब ६१ करोडको कारोबार

अनलाइनसमय |
१८ जेठ २०८३
२६.७२ अङ्कले घट्यो नेप्से, ५ अर्ब ६१ करोडको कारोबार

काठमाडौं, १८ जेठ । कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २६ दशमलव ७२ अंकले घटेर दुई हजार ७५५ दशमलव ३७ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६१ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज ३५ धितोपत्रको शेयर मूल्य बढ्दा २३३ को घटेको छ । यस्तै २ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४९ धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार १३ समूहको उपसूचकमध्ये २ को बढ्दा बाँकी ११ उपसूचकको घटेको छ ।

यसदिन अन्य ३ दशमलव २६ र निर्जीवन बीमा समूहको उपसूचक १ दशमलव ३७ प्रतिशतले बढेको छ ।

यसैगरि व्यापार समूहको उपसूचक सर्वाधिक ६ दशमलव १४ प्रतिशतले ह्रास आएको छ । यस्तै हाइड्रोपावर १ दशमलव ९७, उत्पादन तथा प्रशोधन १ दशमलव ४२, लगानी १ दशमलव २२, होटेल तथा पर्यटन १ दशमलव ४, बैंकिङ शून्य दशमलव ९९, म्युचुअल फण्ड शून्य दशमलव ९१, विकास बैंक शून्य दशमलव ८१, जीवन बीमा शून्य दशमलव ७९, माइक्रोफाइनान्स शून्य दशमलव ९ र फाइनान्स समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले घटेको छ ।

आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा नेपाल रिइन्सुरेन्स र कालिञ्चोक हाइड्रोपावर रहेका छन् ।

यसदिन बुंगल हाइड्रो १३ दशमलव २, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स ६ दशमलव ९५, बिहाल बजार ६ दशमलव ६४, एनआईबीएल ग्रोथ फण्ड ५ दशमलव ६४ र नेपाल रिपब्लिक मिडियाको शेयर मूल्य ५ दशमलव १६ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस