काठमाडौं । राजधानीमा ‘थाई फिल्म फेस्टिभल २०२६’ आयोजना सम्पन्न भएको छ । नेपालस्थित थाइल्याण्ड दूतावासको आयोजनामा मे २९ तारिखदेखि सुरु भएको तीन दिनसम्म उक्त फिल्म महोत्सव आज सम्पन्न भएको हो ।
महोत्सवको उद्घाटन कार्यक्रम मे २९ तारिख दिउँसो २ बजे काठमाडौंस्थित सिभिल मलस्थित क्यूएफएक्स हलमा गरियो । दूतावासका अनुसार कार्यक्रममा थाइल्याण्डका विभिन्न चर्चित फिल्महरूको प्रदर्शन गरियो ।
महोत्सवमार्फत नेपाली दर्शकलाई थाई फिल्म, संस्कृति र कथावस्तुसँग परिचित गराउने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।