casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१६औं सामाजिक व्यवसाय दिवस : नेपाल कन्ट्री फोरमद्वारा ९ बुँदे कार्ययोजना पारित

अनलाइनसमय |
१७ जेठ २०८३
१६औं सामाजिक व्यवसाय दिवस : नेपाल कन्ट्री फोरमद्वारा ९ बुँदे कार्ययोजना पारित

काठमाडौं, १७ जेठ । स्वावलम्बन विकास केन्द्रको आयोजनामा आज काठमाडौंमा ‘१६औं सामाजिक व्यवसाय दिवस, नेपाल कन्ट्री फोरम २०२६’ भव्यताका साथ सम्पन्न भएको छ । आगामी जुन २७–२८ मा युनुस सेन्टर र ग्रामीण समूहको सहकार्यमा आयोजना हुने विश्वव्यापी फोरमको पृष्ठभूमिमा यो राष्ट्रिय फोरम आयोजना गरिएको हो । यस वर्षको मूल नारा “सामाजिक व्यवसायः खण्डित विश्वमा शान्तिको भाषा” रहेको छ ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले परम्परागत दियो (पानस) बालेर गरेका थिए ।

फोरममा नोबेल शान्ति पुरस्कार विजेता प्राध्यापक मुहम्मद युनुसको प्रसिद्ध ‘तीन शून्य अवधारणा’ माथि विशेष छलफल भएको थियो । शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जन प्राप्त गर्ने पहलअनुरूप साझेदार संस्थाहरूले अपनाएका रणनीतिहरू र हासिल गरेका उपलब्धिहरूमा केन्द्रित थियो ।

यस फोरमले अघिल्लो कन्ट्री फोरममा अनुमोदन गरिएको दुई वर्षे कार्ययोजनाको पनि परिमार्जन गरेको छ । विश्वव्यापी फोरमको विभिन्न पूर्ण र ब्रेकआउट सत्रहरूमा, यसले प्रा.युनुसको ३ शून्य अवधारणानुरूप कार्ययोजनाका साथै निर्धारित लक्ष्य र हासिल गरिएका उपलब्धिहरू प्रस्तुत गरेको थियो ।

फोरमले ९ बुँदे कार्ययोजना पारित गरेको छ । उक्त कार्ययोजना युवा रोजगारी, इको–भिलेज र सबैका लागि स्वास्थ्य सेवामा केन्द्रित छ ।

यस्तै, फोरममा दुई वर्षे कार्ययोजनाको प्रगति, नेपालमा ३ शून्यको अवधारणा र ३ शून्य क्लबको अवस्था र युवा उद्यमशीलता, वातावरणमैत्री गाउँ (इकोभिलेज) निर्माण, गरिबहरूका लागि स्वास्थ्य सेवाको प्रवद्र्धन र सहजीकरणका साथै फोरम आयोजक समितिको कार्ययोजना टोलीद्वारा परिमार्जित दुई वर्षे कार्ययोजनाको रणनीतिक दिशानिर्देशहरूको प्रस्तुतीकरणमा छलफल भएको थियो ।

नेपाल कन्ट्री फोरमको अवसरमा फोरम आयोजक समितिका अध्यक्ष शङ्करमान श्रेष्ठले भने, ‘लघुवित्त संस्थाहरू ‘घ’ वर्गका वित्तीय संस्थाका रूपमा वर्गीकरण भएपछि नाफामुखी संस्था भए तापनि हामीले सामाजिक–आर्थिक रूपान्तरणका लागि गरिबहरूसँग नाफा बाँडफाँड गर्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ ।’ उनले विशेष गरी जीवन विकास अस्पतालको चर्चा गरे । जहाँ विपन्न वर्गका लागि २०० भन्दा बढी बेड क्षमताको २ अर्ब रुपैयाँको अस्पताल निर्माण गर्न लाभांश समेत प्रयोग गरिएको छ । उनले ३ शून्य क्लबमार्फत युवा रोजगारीको प्रवद्र्धन गर्दै गरिबी निवारण, युवा रोजगारी र वातावरण संरक्षणमा पनि जोड दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले भने, ‘वित्तीय समावेशीकरण र उद्यमशीलता विकासको माध्यमबाट गरिबीको समाधान गर्न सकिन्छ ।’ उनले लघुवित्तले महिला सशक्तीकरण, सामाजिक समावेशीकरण र गरिबी निवारण जस्तासमाजमा विद्यमान केही आधारभूत समस्याहरूलाई पनि सम्बोधन गर्न सक्ने बताए । वित्तीय संस्था, गैरसरकारी संस्था, नेपाल राष्ट्र बैंक र नागरिक समाजको सहकार्यात्मक दृष्टिकोणले यी समस्याहरू समाधान गर्न सक्ने कुरामा उनले जोड दिए ।

त्यसैगरी, ग्रामीण ट्रष्ट, बङ्गलादेशका कार्यकारी उपाध्यक्ष अब्दुल हाई खानले भने, ‘युवाहरू जागिर खोज्ने होइन, जागिर सिर्जना गर्ने बन्नुपर्छ ।’ उनले युवा स्वरोजगारी प्रवद्र्धन गर्न ३–जिरो क्लबको प्रवद्र्धनलाई विशेष प्राथमिकता दिए ।

त्यसैगरी, फोरममा दुई वर्षे कार्ययोजनाको प्रगति, तीन शून्य अवधारणा र नेपालमा तीन शून्य क्लबको अवस्था तथा युवा उद्यमशीलता, वातावरण मैत्री गाउँ (इको–भिलेज) निर्माण, गरिबका लागि स्वास्थ्य सेवाको प्रवद्र्धन तथा सहजीकरणका साथै फोरम आयोजक समितिको कार्ययोजना टोलीद्वारा संशोधित दुई वर्षे कार्ययोजनाको रणनीतिक दिशानिर्देशको प्रस्तुतीकरणमाथि छलफल गरिएको थियो ।

नेपालमा ३–जिरो क्लबको अनुभव आदानप्रदान कार्यक्रममा विभिन्न क्लबहरूमा आबद्ध र अझै पनि उच्च माध्यमिक विद्यालय (हाई स्कुल) मा अध्ययनरत सदस्यहरूले क्लबमा आबद्ध हुनुको आफ्नो अनुभव र उद्देश्य साझा गरे । सहभागी सबै सदस्यहरू वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा संलग्न थिए र उनीहरूले आफ्नो सामूहिक प्रयासले शून्य खुद कार्बन उत्सर्जन हासिल गर्न योगदान पुग्ने आशा व्यक्त गरे ।

नेपाल फोरम आयोजना गर्नका लागि स्वावलम्बन विकास केन्द्र का अध्यक्ष श्री शङ्करमान श्रेष्ठको अध्यक्षतामा चौध सदस्यीय सामाजिक व्यवसाय सम्मेलन आयोजक समिति गठन गरिएको छ ।

नेपाल कन्ट्री फोरममा सरकारी निकाय, नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था, सहकारी र गैरसरकारी संस्थाहरू लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका करिब १०० जना अधिकारीहरूको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun