काठमाडौं, १७ जेठ । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २० हजार ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलामा ५ हजार ६ सयले बढेर २ लाख ९० हजार ६ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी भने तोलामा ३०५ रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।