काठमाडौं, १३ जेठ । सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा स्थगित गरेको छ । स्वास्थ्य बिमा बोर्डले वित्तीय संकटको कारण देखाउँदै निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेक बिमा स्वास्थ्य सेवा स्थगन गरिएको जनाएको छ ।
बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सूचना जारी गर्दै जेठ १६ देखि लागू हुने गरी निजी स्वास्थ्य संस्थामा आकस्मिकबाहेक स्वास्थ्य बिमा सेवा स्थगित गरिएको उल्लेख गरेकी हुन् ।
जेठ ११ को बोर्ड बैठकबाट निजी अस्पतालमा आकसम्मिकबाहेक स्वास्थ्य बिमा सेवा स्थगित गर्ने निर्णय गरेको थियो ।
‘अर्को निर्णय नभएसम्म सरकारले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेकका स्वास्थ्य बिमा सेवा जेठ १६ देखि लागू हुने गरी स्थगन गर्ने निर्णय गरेको छ,’ बोर्डको सूचनामा उल्लेख छ ।