काठमाडौं, १२ जेठ । स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीले गत बैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि ७ लाख ७८ हजार १२५ कित्ता शेयर निष्काशन गरेको थियो ।
कम्पनीको आइपिओमा २६ लाख १ हजार ८४८ जनाको आवेदन परेको थियो । जसमध्ये २५ लाख ५७ हजार ८५५ जनाको आवेदन सदर भएको थियो भने बाँकी ४३ हजार ९९३ लगानीकर्ताको आवेदन रद्द भएको छ ।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ, जसअनुसार ७७ हजार ८१२ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् । यसरी बाँडफाँट गर्दा बाँकी भएको ५ कित्ता, १० कित्ताभन्दा बढी शेयर खरिदका लागि आवेदन दिएका लगानीकर्ताहरुमाझ बाँडफाँट गरिएको छ । ५ जना आवेदकले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन् ।