काठमाडौं, १२ जेठ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन तोलामा २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी तोलामा ९ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।