११ जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने, सतर्कता अपनाउन आग्रह

अनलाइनसमय |
१२ जेठ २०८३
११ जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं, १२ जेठ । आज दिउँसो कोशीदेखि लुम्बिनी प्रदेशसम्म तीव्र गतिको हावाहुरी चल्ने सम्भावना जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज बिहान सूचना जारी गर्दै दिउँसोदेखि ११ जिल्लामा हावाहुरी चल्ने सम्भावना भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हावाहुरीले छाना उडाउने, रुख र पोल ढल्ने जोखिम हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।

कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा हावाहुरीको चल्नेछ । मधेस प्रदेशको बारा, पर्सा, सर्लाही र धनुषासहित आसपासका जिल्ला, बागमती प्रदेशका मकवानपुर र चितवनसहित आसपासका जिल्ला र गण्डकी प्रदेशअन्तर्गत नवलपुर तनहुँसहित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी आउन सक्नेछ ।

त्यस्तै लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीसहित आसपासका जिल्लामा हावाहुरीको जोखिम रहेको विभागले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । साथै लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ ।

त्यस्तै, आज राती कोशी र मधेश प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भाग तथा सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

May be a graphic of cloud and text

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस