काठमाडौं, ११ जेठ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन तोलामा २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी तोलामा ४० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ५ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।