हिमाली र पहाडी भू–भागमा वर्षा, लुम्बिनी र सुदूरपश्चिमको तराईमा ’तातो लहर’ चल्ने

अनलाइनसमय |
११ जेठ २०८३
हिमाली र पहाडी भू–भागमा वर्षा, लुम्बिनी र सुदूरपश्चिमको तराईमा ’तातो लहर’ चल्ने

काठमाडौं, ११ जेठ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञानविभागले जनाएको छ ।

यसैका कारण अहिले कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल तथा बाँकी तराई भू–भागमा मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश केही स्थानहरूमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

May be a graphic of ‎text that says '‎शहरको मौसम पूर्वानुमान १० जेठ २०८३ शहर दिउसो मीसम अधिकतम इडेलधुरा सम्भावना सहित मौसम दिपायल २८-३ R0 तातो हावाको तापक्रम धनगढी सप्भावना (%) मुख्यतया हानाको वरिन्द्रनगर मुख्यतया हाबाको लहर नेपालगज्य मुख्यतयासफ सफा लहर जुम्ला सहितत मध्यम घोराही ၃ိ၀ साथारणतया बादल मध्यम भेरहबा ٤٤-٥ मुख्यसंया सफा 0 सिमरा ج-لع सहित् मध्यम आंशिक काठमाडा 0ه मुख्यततया ဝ सहित मध्यम ओखलनुडगा لا सहित मध्यम धनकुटा -פי2 सहित मध्यम Eo मध्यम ಳ-₹ 구ㅇ मेघगर्जन/चद्याडग सहित हल्क्ा वर्षा जोमसोम ၃ धरान ၃ိ सहित हल्का वर्षा जनकपुर ३२-३४ $ ၃ဲ आंशिक बादल जिरी १२-१४ ३६-३ ફ. मध्यम वर्षा -2 २० वर्षा ၃၀ &o هه 0ه‎'‎

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस