काठमाडौ, ११ जेठ । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे बस्ने तय भएको हो ।
प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलका अनुसार बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु गर्न प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकारको सिफारिसमा जेठ ११ गतेदेखि बजेट अधिवेशन आह्वान गरेका हुन् । आगामी बजेट तथा नीति–कार्यक्रम केन्द्रित छलफलका लागि अधिवेशन महत्वपूर्ण मानिएको छ ।