४०.६८ प्रतिशतले बढ्यो कफी, चिया र मसलाजन्य सामग्री निर्यात

अनलाइनसमय |
१० जेठ २०८३
४०.६८ प्रतिशतले बढ्यो कफी, चिया र मसलाजन्य सामग्री निर्यात

काठमाडौं, १० जेठ । चालू आर्थिक वर्ष (आव) २०८२८३ को १० महिनामा १६ अर्बभन्दा बढीको कफी, चिया र मसलाजन्य सामग्री निर्यात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको साउनदेखि वैशाखसम्ममा १६ अर्ब ३५ करोड ८० लाख रुपैयाँ बराबरको कफी, चिया र मसलाजन्य सामग्री निर्यात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ४० दशमलव ६८ प्रतिशतले बढी हो । गत आवको दश महिनामा ११ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।

निर्यात हुने मसलाजन्य वस्तुमा अलैंची, कालो चिया र ताजा अदुवा सबैभन्दा धेरै रहेको छ । वैशाखसम्ममा ११ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ बराबरको ५ हजार ७०३ मेट्रिक टन अलैंची निर्यात भएको छ ।

यस्तै ३ अर्ब ६ करोड ६४ लाख मूल्य बराबरको ११ हजार २६८ मेट्रिक टन अन्य (कालो चिया) निर्यात भएको छ । १ अर्ब ९ करोड ८ लाखको ११ हजार ६८२ मेट्रिक टन अदुवा र २८ करोड ४४ लाख मूल्य बराबरको १२४ मेट्रिक टन ग्रिन टी निर्यात भएको छ । विभागका अनुसार ८ करोड ४ लाख बराबरको ३८ मेट्रिक टन कफी निर्यात भएको छ ।

वैशाखसम्ममा ४ अर्ब ३५ करोड मूल्य बराबरको भने कफी, चिया र मसलाजन्य सामग्री आयात भएको छ । यी वस्तुको आयात गरेबापत सरकारले ९८ करोड पाँच लाख रुपैयाँ राजस्व उठाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस