काठमाडौं, १० जेठ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलामा २ लाख ९३ हजार ७ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।