१५७ देशसँग नेपालको व्यापार, ३४ सँग मात्रै बचतमा

अनलाइनसमय |
८ जेठ २०८३
१५७ देशसँग नेपालको व्यापार, ३४ सँग मात्रै बचतमा

काठमाडौं, ८ जेठ । चालूु आर्थिक वर्ष (आव) २०८२/८३ को दश महिनामा नेपालले १५७ मुलुकसँग व्यापार गरेको छ, जसमध्ये ३४ मुलुकसँग मात्रै व्यापार बचतमा छ । बाँकी सबै मुलुकसँग नेपालले व्यापार घाटा बेहोरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको वैशाखसम्ममा व्यापार बचतमा रहेका मुलुकमध्ये सबैभन्दा अगाडि डेनमार्क छ । सो अवधिमा नेपाल डेनमार्कसँग ६५ करोड ३२ लाखभन्दा बढीको बचतमा छ । दश महिनामा नेपालले डेनमार्कतर्फ ८२ करोड १० लाख मूल्यभन्दा बढीको वस्तु निर्यात गरेको छ भने १६ करोड ७८ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको छ ।

डेनमार्कपछि नेपाल सबैभन्दा धेरै नर्वेसँग बचतमा छ । वैशाखसम्ममा नेपालले नर्वेतर्फ १३ रोड ९८ लाखभन्दा बढीको वस्तु निर्यात गरेको छ भने ८ करोड ८ लाख मूल्य बराबरको वस्तु आयात गरेको छ । अर्थात नेपाल सो अवधिमा रोमानियासँग ५ करोड ९० लाख रुपैयाँले बचतमा छ ।

नेपालको रोममानियासँग ४ करोड ६८ लाख मूल्य बराबरको व्यापार बचतमा छ । सो अवधिमा नेपालले त्यसतर्फ ८ करोड ५० लाख मूल्य बराबरको वस्तु निर्यात गर्दा त्यहाँबाट ३ करोड ८२ लाखको वस्तु आयात गरेको छ ।

 

यसैगरी चालू आवको वैशाखसम्ममा नेपालले १५५ मलुकसँग व्यापार गर्दा १२३ मुलुकसँग व्यापार घाटा बेहोरेको छ । व्यापार घाटामा रहेका मुलुकमध्ये सबैभन्दा बढी छिमेकी राष्ट्र भारतसँग छ । चालू आवको वैशाखसम्ममा नेपालले भारतसँग मात्रै ७ खर्ब ६९ अर्बभन्दा बढीको व्यापार घाटा बेहोरेको छ । सो अवधिमा नेपालले भारतबाट ९ खर्ब ७४ अर्ब २९ करोड मूल्य बराबरको वस्तु आयात गरेको छ भने भारततर्फ २ खर्ब ४ अर्ब ३७ करोडको वस्तु निर्यात गरेको छ ।

भारतपछि नेपालले अर्काे छिमेकी मुलुक चीनसँग सबैभन्दा धेरै व्यापार घाटा बेहोरेको छ । दश महिनामा नेपालले चीनतर्फ १ अर्ब ३९ करोड मूल्य बराबरको वस्तु निर्यात गर्दा आयात भने ३ खर्ब ३६ अर्ब ४० करोडभन्दा बढीको वस्तु आयात गरेको छ । अर्थात सो अवधिमा नेपालले चीनसँग ३ खर्ब ३५ अर्बभन्दा धेरैको व्यापार घाटा बेहोरेको छ ।

यस्तै अर्जेन्टिनासँग ९५ अर्ब २७ करोड, युएईसँग ४८ अर्ब १७ करोड, इन्डोनेसियासँग १९ अर्ब ६ करोड मूल्य बराबरको व्यापार घाटा बेहोरेको छ ।

 

चालू आवमा नेपालले कुल १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । दश महिनामा १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको कुल व्यापार गरेको छ, जसममध्ये १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बराबरको भएको छ भने २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस