casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

‘नेपाललाई उदीयमान अकाउन्टिङ आउटसोर्सिङ गन्तव्य बनाउन अन्तर्राष्ट्रिय रणनीतिक सम्बन्ध विस्तार’

अनलाइनसमय |
८ जेठ २०८३
‘नेपाललाई उदीयमान अकाउन्टिङ आउटसोर्सिङ गन्तव्य बनाउन अन्तर्राष्ट्रिय रणनीतिक सम्बन्ध विस्तार’

काठमाडौं, ८ जेठ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले एकाउन्टेक्स लण्डन २०२६ र फाइनान्स डाइरेक्टर (एफडी ) शो २०२६ मा पहिलो पटक संस्थागत प्रदर्शनीमा सहभागिता जनाएको छ । मे १३ र १४ मा एक्ससेल लण्डनमा आयोजित दुई दिने प्रदर्शनीमा आइक्यानले छुट्टै प्रदर्शनी कक्ष राखी सहभागिता जनाएको थियो ।

उक्त प्रदर्शनी अकाउन्टिङ र फाइनान्स पेसाकर्मीहरूका लागि विश्वकै सबैभन्दा ठूलो र प्रभावशाली प्रदर्शनी मानिन्छ । यस प्रदर्शनीमा संस्थाको सहभागिता आइक्यानको ग्लोबल अकाउन्टिङ इनिसिएटिभ इन नेपाल (जीएआईएन) परियोजनाको कार्यान्वयनका लागि एक महत्त्वपूर्ण कोशेढुङ्गा सावित भएको छ । आइक्यानको तर्फबाट अध्यक्षको नेतृत्वमा उपाध्यक्ष, काउन्सिल सदस्यहरू र कार्यकारी निर्देशक सम्मिलित प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय ‘नलेज प्रोसेस आउटसोर्सिङ (केपीओ) अन्तर्गत अकाउन्टिङ र वित्तीय सेवाहरूका लागि नेपाललाई एक प्रतिस्पर्धी एवं उच्चस्तरीय गन्तव्यको रूपमा विश्व बजारमा प्रस्तुत र स्थापित गर्ने उदेश्य सहित उक्त प्रदर्शनीमा सहभगिता जनाएको हो ।

उक्त प्रदर्शनीमा १६ हजारभन्दा बढी संस्थागत प्रतिनिधिहरू, ३०० भन्दाबढी अन्तर्राष्ट्रिय प्रदर्शकहरू सहभागी थिए भने १६ वटा थिएटरहरूमा २४० वटा व्यावसायिक विकास सम्बन्धी सत्रहरू सञ्चालन गरिएका थिए । यसै अवसरमा आइक्यानले अनुपालना र वित्तीय प्रविधिको परिवर्तनशील विश्वव्यापी परिवेशमा काम गरिरहेका अन्तर्राष्ट्रिय पेसाकर्मी, फर्मका सञ्चालक तथा नियामकहरूसँग सघन भेटवार्ता तथा अन्तक्र्रियाहरू गरेको थियो ।

आइक्यानको प्रदर्शनीमा सहभागिताले विश्वव्यापी बजारको उल्लेख्य ध्यान आकर्षण गर्न सफल हुनुका साथै अन्तर्राष्ट्रियस्तरमा अकाउन्टिङ सेवा खोजिरहेका व्यक्ति तथा संस्थाहरूबाट राम्रो सङ्ख्यामा सोधपुछ र व्यावसायिक चासो प्राप्त गरेको थियो । प्रदर्शनीको क्रममा स्थलगतरूपमा प्राप्त भएका जानकारी तथा पृष्ठपोषणहरूले नेपालले यदि आफ्नो संचालन क्षमता विस्तार गर्ने, उन्नत प्राविधिक क्षमतामा सुधार गर्ने, सुदृढ संस्थागत सुशासन लागू गर्ने र अन्तर्राष्ट्रिय डाटा सुरक्षा एवं गोपनीयता सम्बन्धी नियमहरूको प्रभावकारी रूपमा पालना गर्ने हो भने नेपालबाट व्यावसायिक अकाउन्टिङ सेवा निर्यात गर्ने प्रचुर सम्भावनाहरू रहेको देखाएको आयक्यानले जनाएको छ ।

प्रदर्शनीमा सहभागिताको अतिरिक्त आइक्यान प्रतिनिधिमण्डलले दीर्घकालीन रणनीतिक सहयोग अभिवृद्धि गर्न विश्वव्यापी व्यावसायिक अकाउन्टिङ संस्थाहरू र डायस्पोरा (प्रवासी) सञ्जालहरूसँग सघनरूपमा उच्चस्तरीय द्विपक्षीय बैठकहरूमा भाग लिएको थियो । प्रतिनिधिमण्डलले मे १३, २०२६ मा नेप्लिज एकाउन्टेन्ट्स एशोसिएसन युनाइटेड किंगडमका पदाधिकारी तथा सदस्यहरूसँग बेलायत र नेपालबीचको लेखा तथा वित्तीय सेवा आउटसोर्सिङको संभावना र अवसरहरूको सम्बन्धमा छलफल भएको थियो । भेटघाटमा दुवै पक्षले यस क्षेत्रमा पारस्परिक लाभका असीमित अवसरहरू रहेको निष्कर्ष निकाल्दै बेलायतमा रहेका नेपाली पेसाकर्मीहरूलाई त्यहाँको अकाउन्टिङ कार्यहरू नेपालका दक्ष पेसाकर्मीहरूकहाँ पठाउन आवश्यक पहल र सहयोगका लागि आइक्यानले आग्रह गरेको थियो ।

एसीसीएकी पोलिसी एण्ड इनसाइट्स डाइरेक्टरसँग भेटवार्ता
यसैगरी मे १४, २०२६ मा प्रतिनिधिमण्डलले एशोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) की पोलिसी एण्ड इनसाइट्स डाइरेक्टर क्लेयर लिन्ड्रिजसँग भेटवार्ता गरी आपसी मार्ग सम्झौता, निरन्तर व्यावसायिक विकासमा संयुक्त सहकार्य र नेपालमा अकाउन्टिङ आउटसोर्सिङलाई गति दिने जस्ता पारस्परिक हितका विषयहरूमा छलफल गरेको थियो ।


त्यस्तै, संस्थागत संवादको शृङ्खलालाई निरन्तरता दिँदै प्रतिनिधिमण्डलले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स इन इङ्गल्याण्ड एण्ड वेल्स (आईसीएईडब्लु) का प्रमुख कार्यकारी अधिकृत एलियन भ्यालेन्ससँग मे १८,२०२६ मा भेटघाट गरेको थियो । सो अवसरमा आइक्यानको चार्टर्ड एकाउन्टेन्सी पाठ्यक्रम र शैक्षिक सामग्रीको विकासमा आईसीएईडब्लुले पुरÞ्याएको ऐतिहासिक सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै दुई संस्थाबीचको आपसी मान्यता सम्झौताको नवीकरण तथा आईसीएईडब्लु जस्तो विश्वकै सबैभन्दा पुरानो र ठूलो व्यावसायिक अकाउन्टिङ संस्थाको अनुभव आदानप्रदान तथा पारस्परिक सहकार्यका क्षेत्रहरूका बारेमा छलफल भएको थियो ।

युके नेपाल सहकार्य : लगानी र अकाउन्टिङ आउटसोर्सिङको सम्भावना’
भ्रमणको क्रममा आइक्यान प्रतिनिधिमण्डलले मे १५, २०२६ मा संयुक्त अधिराज्यस्थित नेपाली दूतावासद्वारा आयोजित ‘युके नेपाल सहकार्यः लगानी र अकाउन्टिङ आउटसोर्सिङको सम्भावना’(UK-Nepal Collaboration: Prospects of Investments and Accounting Outsourcing) विषयक विशेष सम्मेलनमा भाग लियो । उक्त सम्मेलनमा बेलायतमा रहेका प्रबुद्ध कर्पोरेट लिडरहरू, नियामकहरू र अकाउन्टिङ पेसाकर्मीहरूको उत्साहजनक सहभागिता रहेको थियो । सम्मेलनमा संयुक्त अधिराज्यका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी, इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ स्कटल्याण्डका पूर्व अध्यक्ष सीए इन्डी सिंह होथी, महालेखापरीक्षकको कार्यालय नेपालका नायव महालेखापरीक्षक सीए चन्द्रकान्त भण्डारी, आईसीएईडब्लुका काउन्सिल सदस्यहरू सीए एण्ड्रयु ओभर्स डोसेट र सीए कृष्ण प्रसाद दाहाल, एनएए यसकेका का अध्यक्ष शशीधर नेपाल, युके नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष विराज भट्ट र नेपाल युके च्याम्बर अफ इन्डस्ट्रीका अध्यक्ष डा. रोशन राठी लगायतका विशिष्ट व्यक्तिहरूले सम्बोधन गरेका थिए ।

नेपालमा आउटसोर्सिङ गर्दा प्राप्त हुने वित्तीय लाभ, समयको अनुकूलता र यसको संरचनागत व्यावहारिकताबारे आइक्यानका उपाध्यक्ष सीए आनन्द राज शर्मा वाग्ले र सरोज सापकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुति पश्चात एक रणनीतिक प्यानल छलफल सञ्चालन गरिएको थियो लण्डनमा भएका यी वृहत् र महत्त्वपूर्ण आवद्धताहरू नेपालमा अकाउन्टिङ पेसाको विकासका लागि अत्यन्तै महत्त्वपूर्ण सावित भएको र नेपाललाई एक सक्षम तथा उदीयमान विश्वव्यापी आउटसोर्सिङ गन्तव्यको रूपमा स्थापित गर्न सफल भएको आयक्यानको विश्वास छ । यी दूरगामी अन्तर्राष्ट्रिय भेटघाट तथा सम्मेलनहरूले संस्थाका सदस्यहरूका लागि दीर्घकालीन संरचनागत लाभ प्रदान गर्ने र उच्च– मूल्यको सेवा निर्यात मार्फत नेपाली अर्थतन्त्रमा ठूलो गतिशीलता ल्याउने आइक्यानको प्रक्षेपण छ ।

यस भ्रमणले विश्वव्यापी चासोलाई वास्तविक व्यावसायिक संभावनामा रूपान्तरण गर्दै नेपाली मूलका व्यावसायिक एकाउन्टेन्टहरूलाई नेपालमा आफ्नो व्यावसायिक कार्य सञ्चालन विस्तार गर्न उपयोगी पुलको काम गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun