३०.०८ अंकले बढ्यो नेप्से, करिब ४ अर्बको कारोबार

अनलाइनसमय |
६ जेठ २०८३
३०.०८ अंकले बढ्यो नेप्से, करिब ४ अर्बको कारोबार

काठमाडौं, ६ जेठ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३० दशमलव ०८ अंकले बढेर दुई हजार ७५४ दशमलव ४८ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ३ अर्ब ८ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज २४८ धितोपत्रको शेयर मूल्य बढ्दा २१ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४६ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार सबै समूहको उपसूचक बढेको छ । यसदिन होटेल तथा पर्यटन र हाइड्रोपावरको समान १ दशमलव ८९, व्यापार १ दशमलव ५१, लगानी र उत्पादन तथा प्रशोधनको समान १ दशमलव १५, अन्य १ दशमलव ०९, फाइनान्स १ दशमलव ४, जीवन बीमा शून्य दशमलव ९७,म्युचुअल फण्ड शून्य दशमलव ८२, बैंकिङ शून्य दशमलव ७३ माइक्रोफाइनान्स शून्य दशमलव ६२ र निर्जीवन बीमा तथा विकास बैंक समूहको उपसूचक शून्य दशमलव ४४ प्रतिशतले बढेको छ ।

आज अपर लोहोरे खोला हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै माउण्टेन हाइड्रो नेपाल ११ दशमलव ८८, बुंगल हाइड्रो ७ दशमलव ५१, शिखर पावर डेभलपमेन्ट बैंक ६ दशमलव १२ र सिटी होटलको शेयर मूल्य ५ दशमलव ९ प्रतिशतले बढेको छ ।

यसदिन कर्पोरेट डेभलपमेन्ट बैंक १३ दशमलव २६ र बोटलर्स नेपाल (बालाजु)को शेयर मूल्य ३ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस