२० दिनपछि हट्यो चिया नीर्यातमा भारतीय अवरोध

अनलाइनसमय |
६ जेठ २०८३
२० दिनपछि हट्यो चिया नीर्यातमा भारतीय अवरोध

काठमाडौं, ६ जेठ । चिया निर्यातमा भारतले गरेको अवरोध २० दिनपछि खुलाएको छ । भारतको टी बोर्डले मे १ देखि लागू गरेको आयातित चियाको अनिवार्य परीक्षण सम्बन्धी ‘स्टयान्डर्ड अपरेटिङ प्रोसिड्युर’ मा संशोधन गरेको हो ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको चिया बोर्डले मंगलबार राति सूचना जारी गर्दै चिया निर्यातमा सहज बनाएको छ । आयात गरिने चियाका खेप(कन्साइनमेन्ट)हरुमा ¥यान्डम(अनियमित)परीक्षण गरिने सूचनामा उल्लेख छ । योसँगै भारतभित्रको उपभोगका लागि जाने चियामा नियमित र हरेक ट्रकपिच्छेको परीक्षण आवश्यक नहुने भएको छ ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले भारतको चिया बोर्डको सूचनासँगै निर्यातको बाटा खुलेको जानकारी दिए । टी बोर्डले जारी गरेको सूचनामा प्रयोगशाला रिपोर्ट नमूना प्राप्त भएको पाँच दिनभित्र अपलोड गर्नुपर्ने निर्देशन पनि दिइएको छ ।

मे १ देखि भारतले लागू गरेको नयाँ नियमले नेपाली चिया निर्यातलाई पूरै ठप्प बनाएको थियो । प्रत्येक ’कन्साइनमेन्ट’को अनिवार्य ल्याब परीक्षण, उच्च शुल्क र लामो समयको ढिलासुस्तीका कारण नेपाली चिया उद्योगी, निर्यातकर्ता तथा किसानहरू ठूलो समस्यामा परेका थिए । यो विषयमा संसद्मा समेत आवाज उठेको थियो । इलामबाट निर्वाचीत सांसद एमं काग्रेस सचेत निश्कल राई र नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले निरन्तर रुपमा संसदमा आवाज उठाउँदै कुटनीतिक पहल गर्न अनुरोध गरिरहेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस