काठमाडौं, ६ जेठ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ हजार ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन तोलामा २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी तोलामा २० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ५ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।