टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

अनलाइनसमय |
६ जेठ २०८३
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं, ६ जेठ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बुधबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले गत बैशाख २३ गतेदेखि २८ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँबराबरको २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेको थियो, जसमा कुल २९ लाख ४८ हजार ९ सय ६६ जनाले ३ करोड ३७ लाख ४६ हजार २०० कित्ता शेयरका लागि आवेदन परेको थियो । जसमध्ये २७ लाख ७१ हजार २ सय ५२ आवेदन सदर भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ, जसअनुसार २ लाख ५१ हजार ५४५ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् । यसरी बाँडफाँट गर्दा शेष रहेको ५ कित्ता शेयर सोही लगानीकर्ताहरुमाझ बाँडफाँट गरिएको छ । यस अनुसार ५ जना लगानीकर्ताले भने थप एक कित्ता गरी कुल ११ कित्ता शेयर प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस