काठमाडौं, ५ जेठ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ६ दशमलव ५१ अंकले घटेर दुई हजार ७२४ दशमलव ३९ बिन्दुमा कायम भएको हो ।
आज ७८ लाख १६ हजार ४७८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार २ अर्ब ४५ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यसदिन विकास बैंक शून्य दशमलव ७७, निर्जीवन बीमा शून्य दशमलव ५६, माइक्रोफाइनान्स शून्य दशमलव १२ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव १ प्रतिशतले बढेको छ ।
यस्तै व्यापार १ दशमलव २४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६७, होटेल तथा पर्यटन शून्य दशमलव ५६, अन्य शून्य दशमलव ३९, लगानी र जीवन बीमा समूहको समान शून्य दशमलव २२, म्युचुअल फण्ड शून्य दशमलव २१ र हाइड्रोपावर समूहको उपसूचक शून्य दशमलव ५ प्रतिशतले घटेको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंक १४ दशमलव २६, नेपाल रिपब्लिक मिडिया ६ दशमलव ४१, दरमखोला हाइड्रो इनर्जी ३ दशमलव ६१ र ग्लोबल आएमी ब्यालेन्स फण्डको शेयर मूल्य ३ दशमलव ०९ प्रतिशतले बढेको छ ।
यसदिन सिटी होटल ६ दशमलव ८४, थ्री स्टार हाइड्रोपावर ५ दशमलव ८२ र झापा इनर्जीको शेयर मूल्य ४ दशमलव ४३ प्रतिशतले घटेको छ ।