१.०३ अङ्कले घट्यो नेप्से, साढे २ अर्बको कारोबार

अनलाइनसमय |
४ जेठ २०८३
१.०३ अङ्कले घट्यो नेप्से, साढे २ अर्बको कारोबार

काठमाडौं, ४ जेठ । कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १ दशमलव ०३ अंकले घटेर दुई हजार ७३० दशमलव ९१ बिन्दुमा कायम भएको हो ।

आज ५८ लाख २८ हजार ६०४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ ।

आज ११९ धितोपत्रको शेयर मूल्य बढ्दा १३२ को घटेको छ । यस्तै १२ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३९ धितोपत्र कारोबारमा आएका छन् ।

यसदिन अन्य शून्य दशमलव ३१, हाइड्रोपावर शून्य दशमलव १६, बैंकिङ शून्य दशमलव १४, लगानी शून्य दशमलव ०९ र विकास बैंक समूहको उपसूचक शून्य दशमलव ०३ प्रतिशतले बढेको छ ।

यसैगरी निर्जीवन बीमा शून्य दशमलव ६९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५८, व्यापार शून्य दशमलव ४८, माइक्रोफाइनान्स शून्य दशमलव २४, होटेल तथा पर्यटन शून्य दशमलव २३, जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०७ प्रतिशतले घटेको छ ।

आज इंग्वा हाइड्रोपावर ८ दशमलव ४२, बुंगल हाइड्रो ६ दशमलव ३२, सगरमाथा जल विद्युत् ३ दशमलव २८ र एनआईबीएल समृद्धि फण्डको शेयर मूल्य ३ दशमलव २६ प्रतिशतले बढेको छ ।

यसदिन एसवाई प्यानल नेपाल ३ दशमलव ६, पाल्पा सिमेन्ट इन्ड्रस्ट्रीज ३ दशमलव ३२, भगवती हाइड्रोपावर डेभलवमेन्ट ३ दशमलव ०३ र बोर्टलर्स नेपाल (बालाजु)को शेयर मूल्य ३ प्रतिशतले ह्रास आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस