सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
४ जेठ २०८३
सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ४ जेठ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन तोलामा २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलामा २० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस