काठमाडौं, ३ जेठ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ४ हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजाररुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलामा २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी तोलामा ३५५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ५ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।