१.८ प्रतिशत बिन्दुले घट्यो घरजग्गा धितो सुरक्षण कर्जा

अनलाइनसमय |
२९ वैशाख २०८३
१.८ प्रतिशत बिन्दुले घट्यो घरजग्गा धितो सुरक्षण कर्जा

काठमाडौं, २९ वैशाख । पछिल्लो एक वर्ष अवधिमा घरजग्गा धितो सुरक्षणमा प्रवाह हुने कर्जा १ दशमलव ८ प्रतिशत बिन्दुले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव)को चैतसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट घरजग्गा धितो सुरक्षणमा ६३ दशमलव ४  प्रतिशत प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६५ दशमलव प्रतिशत रहेको थियो ।

चालू आवको चैतसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशत अर्थात् ३ खर्ब ११ अर्ब ९५ करोड ले बृद्धि भई ५८ खर्ब ०९ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.१ प्रतिशत अर्थात् ३ खर्ब ६१ अर्ब ३ करोड ले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०८२ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ५.८ प्रतिशत, विकास बैंकहरूको ५.१ प्रतिशत र वित्त कम्पनीहरूको २.६ प्रतिशतले बढेको छ । चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४.९ प्रतिशत रहेको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.४ प्रतिशत र ३६.६ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ५.८ प्रतिशत, विकास बैंकहरूको ५.१ प्रतिशत र वित्त कम्पनीहरूको २.६ प्रतिशतले बढेको छ ।

चालू आवको नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा ११.७ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १०.७, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.१, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.५, वित्त बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ५.७ र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा २.३ प्रतिशत ले घटेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रष्ट रिसिट (आयात) कर्जा ३२.० प्रतिशत, मार्जिन प्रकृतिको कर्जा १३.४, हायर पर्चेज कर्जा ८.५, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.६, माग तथा अन्य चालु पुँजी कर्जा ४.३, आवधिक कर्जा ३.७, क्यास क्रेडिट कर्जा २.८ र अधिविकर्ष कर्जा ०.३ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस