काठमाडौं, २८ वैशाख । सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न र बचतकर्ताको निक्षेप सुरक्षित गर्न ‘एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त घोषणा गरेका हुन् ।
संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने, ‘समस्याग्रस्त सहकारीमा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरिनेछ । सहकारीको कर्जा असुली प्रक्रियालाई तीव्र पारी सोही माध्यमबाट बचतकर्ताको रकम फिर्ता गरिनेछ ।’