नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेले दिए राजीनामा

अनलाइनसमय |
२८ वैशाख २०८३
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेले दिए राजीनामा

काठमाडौं, २८ वैशाख । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले पदबाट राजीनामा दिएका छन् । बैंक स्रोतका अनुसार सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको हो ।

सीईओ पाण्डेको बहिर्गमनपछि बैंकले हालका डेपुटी सीईओ महेश शर्मा ढकाललाई नयाँ सीईओको जिम्मेवारी दिने तयारी गरेको बताइएको छ ।

त्यसैगरी, बैंककी असिस्टेन्ट जनरल म्यानेजर (एजीएम) जेनु थापाले पनि पदबाट राजीनामा दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस