काठमाडौं, २५ वैशाख । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । आज नेप्से परिसूचक २७ दशमलव ४९ अंकले बढेर दुई हजार ७४५ दशमलव ६५ बिन्दुमा कायम भएको हो ।
आज ७४ लाख ७८ हजार ५६२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २८ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार २ अर्ब ९३ करोड १९ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज २३५ धितोपत्रको शेयर मूल्य बढ्दा २६ को घटेको छ । यस्तै ८ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३५ धितोपत्र कारोबारमा आएका छन् ।
शुक्रबार १३ समूहको उपसूचकमध्ये १२ उपसूचक बढेको छ । यसदिन व्यापार समूह भने स्थिर रह्यो ।
आज फाइनान्स १ दशमलव ८७, हाइड्रोपावर १ दशमलव ७१, निर्जीवन बीमा १ दशमलव ५२, होटेल तथा पर्यटन १ दशमलव ४८, अन्य १ दशमलव १४, लगानी १ दशमलव १२, उत्पादन तथा प्रशोधन १ दशमलव ४, विकास बैंक शून्य दशमलव ९३, बैंकिङ शून्य दशमलव ६७, जीवन बीमा शून्य दशमलव ६४, म्युचुअल फण्ड शून्य दशमलव ५५ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव १६ प्रतिशतले बढेको छ ।
यस्तै व्यापार २ दशमलव ८४, विकास बैंक शून्य दशमलव ०५ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले घटेको छ ।
आज त्रिशुली जल विद्युत् १०, होटल फरेष्ट इन ७ दशमलव ९, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक ६ दशमलव १२, एनआईसी एशिया ब्यालेन्स फण्ड ५ दशमलव ७४ र अँखु खोला जल विद्युन्को शेयर मूल्य ५ दशमलव ४८ प्रतिशतले बढेको छ ।
यसैगरी स्वाभम्बन लघुवित्त ६ दशमलव ५४, ज्योति विकास बैंक प्रोमोटर शेयर २ दशमलव ९९, ग्लोबल आएमी सम्मुनत योजना २ दशमलव ६२ र फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको शेयर मूल्य २ दशमलव ४७ प्रतिशतले ह्रास आएको छ ।