काठमाडौं, २४ वैशाख । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन तोलामा २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला ५ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।