काठमाडौं, २३ वैशाख । केही दिनयता लगातार घटिरहेको सुनको मुल्य आज भने बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ५ हजार ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला ४ हजार ८८०० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।