औद्योगिक प्रदूषण रोक्न विश्व बैंकबाट ७.६० अर्ब रुपैयाँ ऋण लिने सरकारको निर्णय

अनलाइनसमय |
२१ वैशाख २०८३
औद्योगिक प्रदूषण रोक्न विश्व बैंकबाट ७.६० अर्ब रुपैयाँ ऋण लिने सरकारको निर्णय

काठमाडौं, २१ वैशाख । सरकारले औद्योगिक प्रदूषण रोक्न विश्व बैंकबाट ५२ मिलियन अमेरिकी डलर अर्थात करिब ७ अर्ब ६० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बैंकले दिने ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी गराएका हुन् ।

त्यस्तै, बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः राष्ट्रपति रामचन्द्र पौडलेसमक्ष सिफारिस गरेको छ ।

भारतसँग जी टू जी माध्यमबाट ६० हजार मेट्रिक्टन युरिया र २० हजार डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।

संसद् भवन परिसरमा प्रवेश लगायतको विषय समावेश गरिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्याय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस