यी ८ कम्पनीका संस्थापक शेयरधनीलाई पैसा बुझाएको विवरण पेस गर्न आग्रह

अनलाइनसमय |
१७ वैशाख २०८३
यी ८ कम्पनीका संस्थापक शेयरधनीलाई पैसा बुझाएको विवरण पेस गर्न आग्रह

काठमाडौं, १७ वैशाख । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादित व्यवसायी दीपक भट्टको लगानी रहेको हिमालयन रिइन्स्योरेन्ससहित आठ वटा बीमा कम्पनीको संस्थापक लगानीबारे अनुसन्धान अघि बढाएको छ ।

अनुसन्धानको दायरामा नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स तथा हिमालयन रिइन्स्योरेन्स रहेका छन् ।

विभागले ती कम्पनीका संस्थापक शेयरधनीहरूलाई आफूले कानुनी रूपमा शेयर खरिद गरेको तथा भुक्तानी गरेको प्रमाण पेश गर्न निर्देशन दिएको छ । बिहीबार सार्वजनिक सूचनामार्फत १५ दिनभित्र आवश्यक कागजात बुझाउन आग्रह गरिएको हो ।

अनुसन्धानको क्रममा संस्थापक शेयर खरिद गर्दा चुक्ता पुँजीबाहेक विभिन्न व्यक्ति वा संस्थाका बैंक खातामा प्रिमियम स्वरूप रकम पठाइएको विवरण पनि माग गरिएको छ । उक्त रकम कसको नाममा, कुन बैंक तथा वित्तीय संस्थाको खातामा र कुन प्रयोजनका लागि जम्मा गरिएको हो भन्ने स्पष्ट विवरण पेश गर्न विभागले निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस