आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको लागि सेबोनले माग्यो सुझाव

अनलाइनसमय |
१६ वैशाख २०८३
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको लागि सेबोनले माग्यो सुझाव

काठमाडौं, १६ वैशाख । नेपाल धितोपत्र बोर्ड(सेबोन) ले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरूबाट राय/सुझाव माग गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को लागि बजार सम्बन्धी नीति तथा कार्यक्रम तयारी गर्ने कार्य अगाडि बढेको जनाउँदै बोर्डले बजार विकास, विस्तार तथा सुधार सम्बन्धी कार्यान्वयनयोग्य एवम् रचनात्मक राय, सुझाव पठाउन बोर्डले सरोकारवालासँग आग्रह गरेको छ ।

इच्छुक सरोकारवाला, विज्ञ वा व्यक्तिहरूले यही २०८३ जेठ १५ गतेभित्र बोर्डको इमेल ठेगाना research@sebon.gov.np मा आफ्ना राय वा सुझावहरू पठाउन सक्नेछन् ।

बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको व्यवस्थित तथा प्रभावकारी विकास र विस्तारका लागि प्रत्येक आर्थिक वर्ष नीति तथा कार्यक्रम तर्जुमा र सार्वजनिक गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस