काठमाडौं, १४ वैशाख । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो कारोबार दिन आइतबार प्रतितोला ४ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।